राष्ट्रपतिको सर्वदलीय बैठक सकियो, के के भयो छलफल ?

राष्ट्रपतिको सर्वदलीय बैठक सकियो, के के भयो छलफल ?


राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गरेकी हुन्। सर्वदलीय बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भ्रमणबारे जानकारी दिन बोलाएको भएपनि केही समसामयिक राजनीतिक विषयमा पनि नेताहरुले धारणा राखेको बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको र नेकपा माओवादी केन्द्रका अध्यक्षले समसामयिक राजनीतिक विषयमा कुरा गरेको नेता केसीले जानकारी दिए । 

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतबार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लागेकी हुन् ।

Logo