न्यूड फोटोका कारण चर्चामा आईरहने तीन दिदीबहिनी

एजेन्सी । यतिबेला अमेरिकी अभिनेता ब्रुस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरु बेला बेला चर्चामा आईरहन्छन् । छोरीहरु रुमर, स्काउट र तलउल्हा न्यूड फोटोको कारण बेला बेला चर्चामा आउने गरेका हुन् । उनीहरु तिनैजनाले बाथटबमा सामूहिक न्यूड तस्बिर खिचाएको तस्बिर लिक गरेका थिए ।

दिदी बहिनी आफूहरू एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा देखाउन यो फोटो खिचाएको उनीहरुको दाबी छ । नुहाउने क्रममा उनीहरूले सामूहिक रुपमा नग्न तस्बिर खिचाएका हुन् ।

मेकअप बिनाको तस्बिरमा उनीहरूले आफ्ना संवेदनशील अंगलाई घुँडा र खुम्च्याइएका खुट्टाहरूले छोपेका छन् । उनीहरु बेला बेला न्यूड फोटाबाटै चर्चामा आईरहन्छन् । केहि समय अघि पनि उनीहरु नांगै बजारभर हिडेका थिए ।