७४९ तहमा वाणिज्य बैंकका शाखा विस्तार, कहाँ कहाँ पुग्न बाँकी ?

७४९ तहमा वाणिज्य बैंकका शाखा विस्तार, कहाँ कहाँ पुग्न बाँकी ?


कुल ७५३ स्थानीय तहमध्ये ०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । 

केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७७/७८ को सात महिनाको तथ्याङ्क सार्वजनिक गर्दै सो जानकारी गराएको हो। अब बैंक शाखा पुग्ने क्रममा रहेका स्थानीय तहहरुमा ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका रहेका छन् । 

०७६ माघसम्म भने ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए।

Logo