‘कांग्रेस सरकारको नेतृत्व गर्न तयार छ’ : रमेश लेखक

‘कांग्रेस सरकारको नेतृत्व गर्न तयार छ’ : रमेश लेखक


नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यकता परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। आफूहरुले प्रतिपक्षीको भूमिका पाएकाले सरकार बनाउने चाहना र रहर नभए पनि आवश्यकता परे सरकार बनाउन तयार रहेको उनको भनाइ छ।

नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ठाकुर भएको भन्दै उनको नेतृत्वलाई मानेर मुलुकलाई निकास दिनु पर्ने बताएका हुन्। नेपाली कांग्रेस सरकारमा जाने नभई पार्टीलाई मजबुत बनाएर जानुपर्ने तर्क उनले गरे । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन वा सदासयता देखाएर सरकारको नेतृत्व चयनमा सहयोग गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वर्तमान समयमा नेता र नेतृत्वको संकट देखा परेको बताए। उनले नेतृत्वले पार्टीभित्रको अन्तरविरोध समाधान गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेका कारण मुलुक संकटमा परेको बताए। पार्टी विभाजन हुनु दुःखद कुरा भएको भन्दै उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधहरुलाई जिम्मेबार नेताले समाधान गर्नुपर्ने धारणा राखे। जनताले ५ वर्ष सरकार सञ्चालन गर भनेर पठाएपछि आन्तरिक अन्तरविरोध समाधान नगरेर जनप्रतिनिधि संस्था विघटन गर्ने प्रधानमन्त्री ओलीमा असल नेतृत्वको गुण नभएकाले आफूले नेता मान्न नसक्ने स्पष्ट पारे।

सरकार चलाउने जनादेश दिएको पार्टी सरकार सञ्चालनमा सक्षम भएन भने र स्थिरता दिन सकेन भने स्वभाविकरुपमा सरकारको नेतृत्व गर्ने जिम्मा प्रतिपक्षीले पाउने उनको भनाइ छ।

Logo