मलेसियामा बस दुर्घटना: दुई नेपालीसहित १० जनाको मृत्यु

क्वालालम्पुर । मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीसहित १० जनाको मृत्यु भएको मलेसिया किनी डटकमले जनाएको छ ।

दुर्घटनामा परी मर्नेहरुमा २ जना मलेसियन र बाँकी विदेशी कामदार रहेको जनाईएको छ । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपाली रहेको र उनीहरुको अवस्था अवस्था गम्भीर रहेको मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।