सुपर लिगमा सुजल श्रेष्ठसहित आठ खेलाडी सर्वाधिक मूल्यमा विक्री

सुपर लिगमा सुजल श्रेष्ठसहित आठ खेलाडी सर्वाधिक मूल्यमा विक्री


१३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन् । 

शुक्रबार भएको अक्सनमा सुजलसहिज तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महंगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् ।  
मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महंगो मूल्यमा भित्र्याएको हो । ‘ए’ श्रेणीमा रहेका उनीहरुलाई क्लबले २ लाखमा अनुबन्ध गरेको हो ।

यस्तै ‘ए’ श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवानसहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन् ।  नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्सनका लागि १ सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा बर्गीकरण गरेको थियो । जसमा  ‘ए’ मा २८, ‘बी’ मा ६३ र ‘सी’ मा ५८ खेलाडी रहेका थिए ।

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न ७ सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

Skip This
Logo