अब कोरोना भ्याक्सिनको सूई लगाउनु नपर्ने!

अब कोरोना भ्याक्सिनको सूई लगाउनु नपर्ने!


कोरोनाको महामारी र यसको सूईको व्यापक चर्चा परिचर्चा भएको वर्तमान समयमा एउटा खुसीको समाचार आएको छ।

समाचारका अनुसार अब कोरोनाको खोप लिदा सुई लगाउनु नपर्ने भएको छ। साथै यसलाई सुरक्षित राख्नका लागि कुनै खास तापक्रमको पनि जरुरत पर्दैन। यसको जानकारी विश्व स्वास्थ्य संगठनका (डब्लुएचओ) एक वैज्ञानिकले गरेका हुन्। 

डब्लुएचओका वैज्ञानिक सौम्या स्वामीनाथनले ब्लूमवर्गलाई दिएको अन्तर्वार्तामा यसको बारेमा जानकारी दिएकी हुन् ।

हाल बजारमा करिब दश कम्पनिका भ्याक्सिन आइसकेका छन् । ६ देखि आठवटा भ्याक्सिन क्लिनिकल ट्रायल पूरा गर्ने क्रममा रहेका छन् । नयाँ आउँदै गरेको भ्याक्सिनले नयाँ भेरियन्टसँग पनि लड्न सक्ने अनुमान गरिएको छ। तर, यसबारेमा यकिन भने भएको छैन। कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भ्याक्सिनको आवश्यक्ता धेरै महसुस गरिएको छ। हाल १२२ देशमा मात्र भ्याक्सिनेशनको काम सुरु भएको छ भने अन्य थुप्रै देश भ्याक्सिनेशनको पर्खाइमा छन्।

क्षयरोग तथा एचआईभीमा अनुसन्धान गरिरहेका भारतीय वैज्ञानिकका अनुसार हाल भएको भ्याक्सिनमा अझ धेरै सुधार गर्न सकिनेछ। सन् २०२२ सम्ममा धेरै भ्याक्सिनहरु बजारमा देख्न सकिनेछ भने यसको विशेषता भनेको यसलाई सूईको माध्यमबाट नलगाई नाक तथा मुखको माध्यमबाट लिन सकिनेछ । यस्ता भ्याक्सिनले विशेष गरि गर्भवती महिलालाई फाइदा हुने देखिन्छ।

भारतीय महिला वैज्ञानिक सौम्या  स्वामीनाथनका अनुसार हाल असीभन्दा बढी भ्याक्सिनका बारेमा अध्ययन भइरहेको छ। ती मध्ये कुनै कुनै प्रारम्भिक चरणमा रहेका छन्। हाल बजारमा जुन जुन कम्पनीका भ्याक्सिनहरु आएका छन् तिनले कोरोनाको नयाँ भेरियन्टमा काम गर्छ कि गर्दैन भन्ने अनुसन्धानसमेत भइरहेको छ।

Logo