सुमित खड्का र दीपाश्रीको स्वरमा ‘धनियाँ के होली’ (भिडियो)

सुमित खड्का र दीपाश्रीको स्वरमा ‘धनियाँ के होली’ (भिडियो)


निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा छेको पारेर नयाँ होली गीत सार्वजनिक गरेकी छिन् ।

‘धनियाँ के होली’ बोलको गीतमा दीपाश्री र सुमित खड्काको स्वर सुन्न सकिन्छ। निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीपनारायण राजवंशीले शब्द दिएका हुन्।

शनिबार सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय छ।

दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईंको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ। 

छक्का पञ्जा मिडियामार्फत सार्वजनिक होली विशेष गीतमा दर्शकको उपस्थिति भने उल्लेख्य छैन।भिडियो :

 

Logo