झा दम्पतीकाे अपहरण गरेकाे अभियाेगमा ४ जना पक्राउ

झा दम्पतीकाे अपहरण गरेकाे अभियाेगमा ४ जना पक्राउ


प्रहरीले महोत्तरीको पिपरा गाउपालिका-५ का मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न ४ अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव, २४ वर्षका राजेन्द्र यादव र भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुर छन् । 

उनीहरू घटनामा संलग्न देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपी उनीहरूले अपराध स्वीकार गरिसकेका छैनन् । झा दम्पतीलाई जग्गा बेच्न भनेर दबाव दिएको र नमानेपछि अपहरण गरिएको खुलेको प्रहरीले जनाएको छ।

Skip This
Logo