केन्द्रबिन्दु बुलेटिन : लकडाउनबाट अर्थतन्त्रमा गम्भिर प्रभाव, सवा तीन खर्बको क्षति (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : लकडाउनबाट अर्थतन्त्रमा गम्भिर प्रभाव, सवा तीन खर्बको क्षति (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये कोभिड १९ का कारण गत वर्ष चैत ११ गते लकडाउन घोषणापछि नेपालमा तीन खर्ब रुपैंयाँको क्षति पुगेको देखिएको छ । अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा झन्डै दुई प्रतिशतले ऋणात्मक हुन पुगेको हो। अर्थतन्त्रको पुनरुत्थानका लागि साँढे छ खर्ब आवश्यक पर्ने तथ्यांक विभागले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजीगत खर्च गर्ने क्षमता बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन् । उनले पूँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सुधार गरिने बताएका हुन् । स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि उनले स्पष्ट पारे । 

सरकारले धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिका हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो । हाल नेपालमा धुलो दुध तीन हजार चार सय मेट्रिक टन, बटर १२ सय मेट्रिक टन र मासु चार लाख ५० हजार मेट्रिक टन उत्पादन भइरहेको छ । 

कोभिड–१९ सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले  १८ बुँदे सुझाव सहितको प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिमा पेश गरेको छ । प्रतिवेदनमा देशभरका प्रत्येक अस्पतालमा संक्रामक रोगसम्बन्धी निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने, अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्नुपर्ने, चिकित्सकको अभाव हुन नदिन चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन र सुधार गर्नुपर्ने लगायतका सुझावहरु समावेश गरिएका छन् । 

थ्री नेसन्स फुटबल कपको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । गोलकिपरमा किरण चेम्जोङको कप्तानी, विकेश कुथु र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ र अनन्त तामाङ, मिडफिल्डरमा तेज तामाङ, एरिक विष्ट, सुनिल बल, त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, सन्जोग राई, विशाल राई र रबिशंकर पासवान, फरवार्डमा अभिशेक रिजाल, भरत खवास, अन्जन विष्ट र दर्शन गुरुङ रहेका छन् । यद्यपि यो टिममा फरवार्ड नवयुग श्रेष्ठसहित १० खेलाडी भने टिम बाहिरै रहेका छन् । 

Logo