राष्ट्र बैंकद्वारा ०७८ सालमा हुने बैंकहरुको बिदा सूची सार्वजनिक

राष्ट्र बैंकद्वारा ०७८ सालमा हुने बैंकहरुको बिदा सूची सार्वजनिक


नेपाल राष्ट्र बैंकले बैंकहरुको बिदाको सूची सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले २०७८ बैशाखदेखि चैत्रसम्मको विदाको सूची सार्वजनिक गरेको हो । 

जसमा नेपाल सरकारले निर्णय गरे बमोजिम बिदा गरिने जनाइएको छ । यस्तै, सम्बन्धित धर्म, संस्कृति, भौगोलिकक्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुको हकमा सम्बन्धित कर्मचारीहरुले स्वयं घोषणा गरि सम्बन्धित विभाग/कार्यालय/माहाशाखा/इकाईहरु मार्फत् जनशक्ति व्यवस्थापन विभागमा अग्रिमरुपमा जानकारी गराउनु पर्नेछ भने नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेमा सो दिन समेत बैंक बिदा हुने जनाइएको छ । २०७८ वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा २०७८ माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजे कार्यालय समय तोकिएको छ । 

यस्तै, २०७८ कार्तिक १६ गतेदेखि २०७८ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको छ । यता, प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म कार्यलय समय तोकिएको छ । 

बैंकिङ कारोबार समय भने २०७८ वैशाख १ गतेदेखि २०७८ कार्तिक १५ गतेसम्म तथा २०७८ माघ १५ गतेदेखि २०७८ चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । त्यस्तै, २०७८ कार्तिक १६ गतेदेखि २०७८ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहेको समय तोकिएको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म निर्धारण गरीएको छ । 

 

Logo