पार्टी शुद्धीकरण गर्न नेतृत्व परिवर्तन गर्नु पर्छ : कांग्रेस नेता सिंह

पार्टी शुद्धीकरण गर्न नेतृत्व परिवर्तन गर्नु पर्छ : कांग्रेस नेता सिंह


नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

प्रेस युनियन मोरङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनै पर्ने बताए।

नेता सिंहले सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताए। 

उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिए। 

Skip This
Logo