आरटीजीएस प्रणाली सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

आरटीजीएस प्रणाली सूचारु राख्न राष्ट्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सूचारु राख्न निर्देशन दिएको छ । 

आउँदै गरेको फागु पुर्णिमाको सार्वजनिक विदाहरुमा पहाडी जिल्लाहरुको हकमो आइतबार र तराई जिल्लाहरुको हकमा सोमबारका दिनमा समेत (आरटीजीएस)  प्रणालीमा (नर्मल बिजनेस डे) सञ्चालन हुने सूचनामार्फत जानकारी गराएको हो ।

आरटीजीएस प्रणाली अर्थात् रियल टाइम ग्रस सेटलमेन्टले ठूलो रकम स्थानान्तरण गर्न मद्धत गर्दछ । अर्थात् आरटीजीएस प्रणालीको प्रयोगको फाइदा भनेको बैंकमा लाइनमा बसेर चेक काटिरहनु पर्दैन । यो प्रणाली प्रयोग गर्न चाहने ग्राहकहरुले बैंकमा गएर फर्म भर्नुपर्ने हुन्छ । हाल यस प्रणालीको प्रयोगमा सम्पूर्ण वाणिज्य बैंकहरु र केही विकास बैंक र वित्त कम्पनीहरुसमेत आइसकेका छन् । 

Logo