नेपालमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ। आज ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८८ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ। 

आज कसैको पनि मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ५९ हजार ४५ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo