२ गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो

२ गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो


फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । २ गोलकाे अग्रता जोगाउन नसक्दा पोर्चुगलले सर्बियासँग अंक बाडेकाे हाे । शनिबार राति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सीमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

सर्बियाको मैदानमा भएको खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।

तर, खेलको ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६० औं मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो । खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । 

Logo