कलङ्कीमा टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

कलङ्कीमा टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु


कलङ्कीमा टिप्परले गएराति ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ ।बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको मृतककाे पहिचान हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

Logo