सुरु भयो भिजिट नेपाल वर्ष २०२०

पोखरा

पोखरामा शनिबार एक कार्यक्रमका बिच भिजिट नेपाल २०२० शुभारम्भ भएको छ ।  समृद्ध नेपाल बनाउँ, विश्वमा नेपाल चिनाउँ भन्ने नाराका साथ भिजिट नेपाल २०२० को गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका हुन् ।

 मुख्यमन्त्री गुरुङले रिमोट चलाएर नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरेर शुभारम्भ गरेका थिए । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्रयाउने सरकारको योजना छ ।  शुभारम्भ कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

 मुख्यमन्त्री गुरुङले पर्यटनबाटै समृद्धि हासिल हुने बताउँदै गण्डकी प्रदेश सरकारले २०२२ मा २० लाख पर्यटक ल्याउने गरी कार्यक्रम अघि बढाइएको पनि सुनाए । नेपाल भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने पनि उनले बताए ।

 कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले ग्रामीण पर्यटन विकासका लागि २३२ होमस्टे तयार भइसकेको बताए । प्रदेश सरकारले प्रति सामुदायिक होमस्टे बराबर १० लाख सहयोग गरेको छ । प्रदेशले ३ सय होमस्टे संचालन गर्न सघाउने गरी ३० करोड छुट्याएको छ ।

अन्नपूर्णबाट