विश्वकप छनौट पोर्चुगलको पुनरागमन जित

विश्वकप छनौट पोर्चुगलको पुनरागमन जित


फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलले लक्जेम्बर्गमाथि सुरुवाती अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो ।

खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अघि रह्यो । पोर्चुगलका लागि उनको यो १०३ औं गोल हो ।

त्यसपछि खेलको ८० औं मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए । यस जितसँगै समूह 'ए' को पोर्चुगलले ३ खेलमा ७ अंक जोड्दै पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

Logo