जब १२ जना नेपाली महिलालाई प्रहरीले नाइट बारबाटै पक्राउ गर्यो….

काठमाडौं

अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ गरेको छ । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार छापा मार्ने क्रममा क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताएका छन् । उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गरेको छ ।
राजधानीबाट