छुट्टै पार्टी कार्यालय खोल्दै नेपाल समूह

छुट्टै पार्टी कार्यालय खोल्दै नेपाल समूह


नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टै कार्यालय खोल्ने भएका छन्।  

हाल कार्यालय स्थापनाका लागि नयाँ भवनको खोजी भइरहेको बताइएको छ।  बुधबार युवा संघ नेपालको कार्यालय उद्घाटनमा बोल्दै नेता नेपालले आफूहरु पनि पार्टी कार्यालयका लागि भवनको खोजीमा रहेको बताए। 

ओली समूहले पनि धुम्बाराहीबाट पार्टी कार्यालय सारेर थापाथलीमा राख्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।

सर्वोच्चको फैसलापछि अध्यक्ष केपी ओली समूहको निरन्तर प्रताडना खेपिरहेको नेपाल समूहले समानान्तर गतिबिधि गर्दै आएको छ। केही दिन अघि नेता नेपाल र अर्का नेता भीम रावललाई ६ महिनासम्मका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय ओली समूहले गरेको छ।नेपाल समाचारपत्रबाट

Logo