प्रचण्डको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

प्रचण्डको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता बदर गर्ने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले आज यसको सुनुवाइ गर्ने भएको हो । सो इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानासमेत रहेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबारनेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए। गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो।

सर्वोच्चको फैसला अनुसार ऋषि कट्टेलले नेकपा नामको वैधता पाएका छन्।

Logo