भुषाल र पाण्डेमाथि ओलीले भद्धा मजाक गरे : योगेश भट्टराई

भुषाल र पाण्डेमाथि ओलीले भद्धा मजाक गरे : योगेश भट्टराई


नेकपा एमालेका नेता योगेश भट्टराईले धनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि ओलीले भद्धा मजाक गरेको टिप्पणी गरेका छन्।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पार्टीले उनीहरुलाई आज ६ महिनाका लागि निलम्बन गरेपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । उनले भनेका छन्,

ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वरभूमी नेपालमा आजकाल, विद्वान, इमान्दार र नैतिकवनहरुमाथि कारवाही हुन्छ। मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड  धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ।
 

Logo