साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि : कारोबार रकम ७ अर्बमाथि

साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि : कारोबार रकम ७ अर्बमाथि


साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेर कारोबार बन्द भएको छ ।
 
त्यस्तै आज कारोबार रकम पनि उच्च रुपमा वृद्धि भएको छ । कारोबार रकम बढेर बिहीबार ७ अर्ब माथि पुगेको हो । कारोबार भएका २१८ कम्पनीहरुको कारोबारमा २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता शेयर खरिद÷बिक्रि भए । शेयर खरिद÷बिक्रिबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ  ।

नेप्सेमा कारोबार हुने चार समूहबाहेक अन्य सबै समूहको शेयर मुल्य बढेको छ भने बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह घाटामा गएको छ । 

आजको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा सानजेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी, एनआइसी एशिया लघुवित्त रहेका छन् । त्यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा एचआइडीसीएल, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामूदायिक लघुवित्त कम्पनी रहेका छन् ।

Logo