पोप निवासको चर्तिकलाः सेक्स पार्टी, लागूऔषध र समलिंगीसँग मस्ति
Pope Francis greets faithful during an audience to Parish groups promoting evangelization, in the Paul VI hall at the Vatican, Saturday, Sept. 5, 2015. (L’Osservatore Romano/Pool Photo via AP)

एजेन्सी । क्रिश्चिय धर्मावलम्बीका प्रमुख हुन्, ८२ वर्षीय पोप फ्रान्सिस । उनी सन् २०१३ देखि चर्चको प्रमुख छन् । विश्वकै सबैभन्दा सानो देश भ्याटिकन सिटीका प्रमुख पनि उनै पोप फ्रान्सिस हुन् । उनी क्रिश्चियन धर्मका सबैभन्दा शक्तिशाली तथा पहिलो व्यक्ति हुन् । उनकै नेतृत्व तथा निर्देशनमा क्रिश्चियन धर्म चल्छ । उनकै अण्डरमा संसारभरका क्रिश्चियन धर्मावलम्बीहरु निर्देशित हुन्छन् । तिनै ८२ वर्षीय पोप फ्रान्सिसमाथि बेला–बेला विभिन्न प्रकारका गम्भीर आरोपहरु लाग्दै आएका छन् ।

उनीमाथी बेला–बेला यौन शोषणको आरोप लाग्ने गरेको छ । चर्चहरुमा धर्मगुरुहरुले ननहरुलाई यौन शोषण गर्ने गरेको भन्दै संसारभर आलोचना भईरहने गरेको छ । यस्ता घटना बेला–बेला बाहिर आउने गरेका छन् । तर पोप फ्रान्सिसले उक्त आरोपहरु अस्वीकार गर्दै आएका छन् ।

फ्रान्सेली लेखक फ्रेडिरिक मार्टेलले पोप फ्रान्सिसबारे एउटा गम्भीर तथ्य बाहिर ल्याएका छन् । उनले आफ्नो पुस्तक ‘इन द क्लोसेट अफ द भ्याटिकन’ मा पोप फ्रान्सिस निवासको चर्तिकलाबारे उल्लेख गरेका छन् । पोप फ्रान्सिस निवासमा सेक्स पार्टी, लागूऔषध कारोवारी तथा समलिंगीसँग मस्ति सम्मका अवैध कार्य हुने गरेको उक्त पुस्तकमा उल्लेख गरेका छन् । क्याथोलिक चर्चमा पोप फ्रान्सिस नै यस्तो कार्यमा सक्रिय रहेको दाबी गरेका छन् ।

आफ्नो पुस्तकमा एक ५१ वर्षका पादरीसँग गोप्य कुराकानी गरेका छन् । उनीसँग गरेको कुराकानीका आधारमा लेखकले पोप फ्रान्सिस निवासमा सेक्स पार्टी, लागूऔषध कारोबार आदी गैरकानूनी कार्य हुने गरेको पत्ता लगाएका हुन् ।

मार्टेलहरु पोप निवास पुग्दा ‘परमेश्वरको अनुग्रह’ भन्ने फिल्म देखाईयो । जसमा एक पादरीले लियोन शहरको पुरुष समूहको साँचो कथा बताएको थियो । ‘जहाँ एक सुखद लगाउने पुजारी जसले आफ्नो क्याथोलिक युवा आन्दोलनको नेतृत्व गरे उनीहरूले जवान हुँदा उनीहरूलाई दुव्र्यवहार गरे र उनीहरूलाई जीवनको लागि शारीरिक, मानसिक र मानसिक रूपमा घृणा गरे । केटाहरुको एक पुरा पिढी आमाबाबु र लियोन कार्डिनलको ज्ञानसँग दुव्र्यवहार सहन बाध्य भए । अन्ततः, केहीले उनी पुजारी र डुप्लिकेट कार्डिनललाई बेवास्ता गर्ने साहस बढाउँथे जसले डायोसमा राखेका थिए ।’

लेखकहरु पोप निवास पुग्दा लेस हलेजको व्यावसायिक केन्द्रको चलचित्र थियेटर बिल्कुल प्याक थियो । यसैबीचमा पोपले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गरे । उनले पोप निवासमा गएर विभिन्न व्यक्तिहरुसँग गरेका कुराकानीपछि यस्तो निष्कर्ष निकालेका हुन् । चर्चभित्र हुने अवैधानिक कार्यको पर्दाफास गर्दा उक्त पुस्तक यतिबेला फ्रान्स, बेलायत, पोर्चुगल, स्पेन लगायतका देशमा सबैभन्दा बढी बिक्री भएको छ ।