नेपालमा आज १५२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १५२ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ। आज १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५७९ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ। 

आज एक जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ७५ हजार ५४० जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo