#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1137140753285644084756430076
नेपाल154913490426415

‘बालुवाटारपछि सिंहदरबार पनि बेच्लान्, होसियार’ भन्दै सडकमा प्रदर्शन

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ। ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरेको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो। बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो।

विवेकशीलका नेतारकार्यकर्ता हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भिर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि विरोध प्रर्दशन गरिएको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिइएको बताए । सो घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक गराउने निर्णय गरेको थियो ।

तस्बिरः रबीन्द्र मिश्रको ट्वीटरबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार