नेपालको मिडिया विश्व प्रतिस्पर्धामा पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

नेपालको मिडिया विश्व प्रतिस्पर्धामा पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् ।

शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिएका हुन् । सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाको सुझाव छ । 

मिडियाबाट आएका समाचारहरुबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उनको दाबी छ । संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । 

Logo