राष्ट्रपति भण्डारी र नेता खनालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र नेता खनालबीच भेटवार्ता


राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । 

शनिबार दिउँसो डल्लुस्थित खनाल निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबर्द्धकहरु दिनेश पन्त र महेस पन्तको घरमा पुगेको र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएको खनालले जानकारी दिए । 

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना रहेको बताएको पनि पूर्वप्रधानमन्त्री खनालले बताए । भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको उनले बताए । तर आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको उनले जनाए ।

Logo