छिट्टै नयाँ सरकार बन्छ : दाहाल

छिट्टै नयाँ सरकार बन्छ : दाहाल


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने ‘सम्भवत: छिट्टै नयाँ सरकार बन्छ ।’ 

प्रचणेडले आफू प्रधानमन्त्री हुनु/नहुनु ठूलो कुरा नभएको उल्लेख गर्दै नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको खुलासा गरे । 

ओली सरकार टिकाइरहनु देशलाई बर्बादीतर्फ धकेल्दै लैजानु भएकोले अब नयाँ सरकार गठन प्रकृया नयाँ रुपमा सुरु भएकाे दाबी गरेका हुन् । शुक्रबार मात्र कांग्रेसले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

Logo