माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थनबारे छलफल हुने


नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठकमा नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ। 

नेपाली कांग्रेसले शुक्रबार प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको छ । तर माओवादी केन्द्रले भने अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। 

आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । अब नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहकार्य हुने सम्भावना भएपनि जसपाले पनि ओलीलाई नै समर्थन गर्ने वा नगर्ने बारे स्पष्ट धारणा बनाएको छैन । जसले गर्दा वर्तमान अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।

Logo