नेप्से परिसूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्चविन्दुमा

नेप्से परिसूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्चविन्दुमा


साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक २५.७१ अंकले बढेर हालसम्मकै सबैभन्दा उच्चविन्दु २ हजार ६५७.६१ अंकमा पुगेको छ। 

यस अघि गत फागुन ९ गते नेप्से परिसूचक २ हजार ६४० दशमलव ३४ विन्दु कायम भई उच्च विन्दुमा पुगेको थियो । आज फागुन ९ गतेको उच्च विन्दुलाई समेत पार लगाउँदै नेप्से माथि गएको छ । त्यस्तै, कारोबार रकम पनि आज उच्च भएको छ। 

आज पाँच समूह बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये बैंक, वित्त, व्यापार, जीवन र निर्जीव बीमा, उत्पादनमूलक, फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स लगायतको शेयर मूल्य बढेको छ भने ट्रेडिङ, होटल तथा पर्यटन, लगानी समूहमा गिरावट देखिएको छ। 

आज १२० कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीका लगानीकर्ताले शेयर मूल्य गुमाएका छन् भने २१ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्योरेन्स र एनआइसी लघुवित्त वित्तीय कम्पनी रहेका छन्। 

त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, सपोर्ट माइक्रो फाइनान्स, एचआइडिसिएल, स्वाभिमान लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् ।

त्यस्तै, कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माथिल्लो तामाकोसी, नेपाल पुनर्बीमा, नबिल बैंक लगायत अन्य कम्पनी रहेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७३ प्रतिशत बढेको छ ।

Logo