टी–ट्वान्टी क्रिकेट : त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा २० खेलाडी

टी–ट्वान्टी क्रिकेट : त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा २० खेलाडी


नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो।

नेपाली टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ । नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललितनारायण राजवंशी रहेकाछन् । 

यस्तै (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको टिममा नेपाली राष्ट्रिय टिमका नियमित सदस्य शरद भेषवाकर र वसन्त रेग्मी भने परेका छैनन् । क्यानले उनीहरु टिममा नरहनुको कारण भने बताएको छैन।

Logo