कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा

कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा


कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपा (एमाले) का तर्फबाट मन्त्री बनेका ३ जनाले आज राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन्।

उनीहरुले एमालेको नेतृत्वमा सरकार बनाउन सहजीकरण गर्ने बताएका छन्। यस अघि गत आइतबार बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यस लगत्तै उनीहरुले राजीनामा दिएका हुन्।

Logo