पत्रकार महासंघ काभ्रे शाखामा बद्रीराज तिमल्सिना निर्वाचित

पत्रकार महासंघ काभ्रे शाखामा बद्रीराज तिमल्सिना निर्वाचित


नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना निर्वाचित भएका छन् । सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् ।

उपाध्यक्षमा प्रेस चौतारीका विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा प्रेस युनियनकी सुनिता सापकोटा निर्वाचित भएकी छन् । कोषाध्यक्षमा प्रेस चौतारीका केदारनाथ तिमल्सिना विजयी भएका छन् ।

समावेशी सहसचिवमा प्रेस चौतारीका जगतमान बल विजयी भएका छन् । त्यस्तै सहसचिव खुल्लामा प्रेस युनियनका सरोज अधिकारी निर्वाचित भएका छन्।

Logo