बार्यन म्युनिखमाथि पिएसजीकाे जित

बार्यन म्युनिखमाथि पिएसजीकाे जित


युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्यन म्युनिखलाई उसैको घरेलु मैदानमा ३–२ ले पराजित गरेकाे छ । फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पीएसजीले जित दर्ता गरेकाे हाे ।

यो जितसँगै पीएसजीले गत संस्करणको फाइलमा भोगेको हारको बदला लिएको छ । पीएसजी गत संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो ।

खेलको दोस्रो मिनेटमै एरिक चोपो मोटिङले बार्यनलाई अग्रता दिलाएका थिए । तर, किलियान एमबाप्पेले लगत्तै (तेस्रो मिनेटमा) पीएसजीलाई बराबरीमा फर्काए । २८ औं मिनेटमा मार्किन्होस्ले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । तर, थोमस मुलरले ६० औं मिनेटमा बराबरी गोल फर्काएर घरेलु टोलीको आशा जिवित राखेका थिए । 

६८ औं मिनेटमा एमबाप्पेको गोलसँगै पिएसजी ३–२ ले जितेकाे हाे । अब दुुई क्लबबीच पीएसजीको मैदानमा दोस्रो साता खेल हुनेछ । यस्तै जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा पीएसजीलाई यही नतिजा अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी सेमिफाइनलमा प्रवेश गर्नेछ । बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ ।  

Logo