नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने

नेपालले नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने


नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । त्रि.बी. क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

क्रिकइन्फोको अनुसार नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते दिउँसो २ः१५ बजे हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल बैशाख ११ गते हुनेछ । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । 

Logo