प्रधानमन्त्रीले तमासा देखाउँदै हिंडेका छन् : गगन थापा

प्रधानमन्त्रीले तमासा देखाउँदै हिंडेका छन् : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले समयमा मेलम्ची ल्याउन नसकेर सरकारले माफी माग्नु पर्नेमा उल्टै प्रधानमन्त्रीले तमासा देखाएर हिंडेको आरोप लगाएका छन्। 

आजको प्रतिनिधिसभामा बोल्दै उनले सरकारले जनतालाई झुक्याउँदै  आएको आरोप लगाए । 

काम सकिएको २ वर्षपछि पुल उद्घाटन गर्ने प्रधानमन्त्रीले विकासका काममा चमत्कार भएको भन्दै हिंडेको उनले आरोप लगाए । संसदबाट भागेका प्रधानमन्त्रीले विकासका काम के के गरे सबै रेकर्ड आफूसँग भएको उनले बताए ।

Logo