बिफिनले आईपिओ निष्काशन गर्दै

बिफिनले आईपिओ निष्काशन गर्दै


बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिफिन)ले चाँडै आईपिओ निष्काशन गर्ने भएको छ।
 
बिफिनले सर्वसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिहिबार बिक्रि प्रबन्धक नियक्त गरेको छ ।

बिक्रि प्रवन्धक नियुक्ति सम्झौतामा बिफिनको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । 

Skip This
Logo