नेपालको भू-उपग्रह कहिले सम्म अन्तरिक्षमा रहन्छ ? (भिडियोमा)

नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड ३’ परियोजना अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट १’ नामको भू उपग्रह प्रक्षेपण गरिएको हो ।

उक्त भू (उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भू(उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ ।

नेपालसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् ।

नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई बधाई दिएका छन् । ओलीले यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गरेका छन् ।