नेपालमा आज ३३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ३३७ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको छ। आज ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ। 

आज १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ९ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ। 
 

Skip This
Logo