हरि मञ्जुश्रीको मोति महोत्सवमा ‘शब्द सारथी’ को उपाधि

हरि मञ्जुश्रीको मोति महोत्सवमा ‘शब्द सारथी’ को उपाधि


साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीलाई एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेको अवसरमा मोति महोत्सव गरी मनाइयो।

लिला–मध्यमार्ग अक्षयकोष शब्दयात्रा प्रकाशन, गुरुकुल पाठशाला, नैमिषारण्य, मानव अधिकार संगठन काभ्रे लगायत पाँच दर्जनभन्दा बढी संघ संस्थाहरुले अभिवन्दनापत्र प्रदान गरी सम्मान गरेका थिए।

मोति महोत्सव मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा मञ्जुश्रीलाई प्रमुख अतिथि काठमाडांै विश्वविद्यालयका उपकूलपति प्राडा भोलाले ६ फिटको ताम्रापत्रद्वारा सम्मान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य मूल समारोह समितिका सदस्य चन्द्रबहादुर खड्काले गरेका थिए भने कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष समाजसेवी भरत जंगमले गरेका थिए।

सोही अवसरमा हरि मञ्जुश्रीबाट लेखन पुस्तक शब्दकला नायक पुस्तकको विमोचन गरिएको थियो । साहित्यकार मञ्जुश्रीलाई सोही अभिनन्दन समारोहमा ‘शब्द सारथी’ पदबाट समेत भव्यरुपमा सम्मान गरिएको थियो।

अभिनन्दन समारोहका काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा. सुरेशराज शर्मा, वरिष्ठ पत्रकार हरिगोपाल प्रधान लगायत सयौंको उपस्थिति रहेको थियो।

मञ्जुश्रीले एक अनुदित पुस्तक, एक टेलिचलचित्र, रेडियो नाटक तीन, मौलिक पुस्तक लेखन ३२, पुस्तक सम्पादन ९२ र १५ सयभन्दा बढी फुटकर प्रकाशनहरुसँगै डेढसयभन्दा बढी पुस्तकहरुमा मन्तव्य, २ सयभन्दा बढी पुस्तकमा प्रकाशकीय लेखिसकेका छन् ।

सोही अवसरमा अभिवन्दना हस्तान्तरण गर्नेहरुले अब एउटा पाटोमा हरि मञ्जुश्री र अर्काे पाटो शब्दयात्रा प्रकाशन रहेको चर्चा गरेका थिए ।

शब्द कलाका नायक पुस्तकको पेज नं. ३४० मा “लिखुरेका तगडा सिर्जना” लेखमा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसीसँगको मित्रता र हरि मञ्जुश्रीको सम्बन्धको बारेमा महत्वपूर्ण चर्चासमेत गरिएको छ । उनी २०४२ साल मंसिरबाट काठमाडौं, मैतिदेवीस्थित पञ्चकुमारी छापाखानाबाट प्रकाशन हुने नेपालभूमि साप्ताहिकमा साहित्यिक स्तम्भकार एवं प्रुफ रिडरको रुपमा काम सुरु गरेका थिए।

Logo