सरकारबारे अवधारणा बनाउन जसपाले थाल्यो आन्तरिक छलफल

सरकारबारे अवधारणा बनाउन जसपाले थाल्यो आन्तरिक छलफल


प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ।

आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहीबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन्। प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ। 

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुईमत रहेको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए। 

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन्। 

Logo