फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो


पर्यटकीय आकर्षणको केन्द्र भएको पोखराको फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको छ। फेवातालको क्षेत्रफलको नयाँ नाप गरेपछि फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको हो ।

२०५८ सालमा मालपोत कार्यालय कास्कीले श्रेस्ता कायम भएको फेवातालको क्षेत्रफल ८ हजार ७ सय ७ रोपनी १२ आना २ पैसा २ दाम (४.४३) वर्ग कि.मी) रहेको थियो। पछिल्लो समय नयाँ नापपछि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा (५७२६ वर्ग किलोमिटर कायम भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २०६७ मा फेवातालको सीमा सम्बन्धि अदालतमा रिट निवेदन परेको थियो। सोही रिट निवेदनमा २०७५ बैशाख  १६ मा सर्वाेच्च अदालतले सरकारको नाममा आदेश दिएको थियो । ५ साउन २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले सर्वाेच्च आदलतको आदेश कार्यान्वय गर्न निर्णय गरेको थियो ।

सो मन्त्रिपरिषदको निर्णय अनुसार फेवातालको सिमांकन तथा नक्सांकन गरी वास्तविक र यथार्थ चारकिल्ला कायम गर्न मन्त्रालयलाई निर्देशन भएको थियो । निर्देशन कार्यान्वयनका लागि मन्त्रालयको मन्त्रिस्तरको ७ भदौ २०७७ को निर्णयबाट गण्डकी प्रदेश सरकारका प्रतिनिधिको संयोजकत्वमा समिति गठन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको २ असोजको बैठकको निर्णयले पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका ३ कास्कीलाई फेवातालको चार किल्ला निर्धारण सिमांकन तथा नक्सांकन समितिको संयोजक नियुक्त गरेको थियो। उक्त समितिले १ फागुनमा प्रधानमन्त्री समेतको उपस्थितीमा फेवातालको चार किल्ला निर्धारण गरी क्षेत्रफल एकिन गरेको मन्त्रालयले जनाएको छ । फेवातालको चार किल्ला सीमाना तथा क्षेत्रफल सम्बन्धी सूचना नेपाल राजपत्रमा समेत प्रकाशन गरी सकेको मन्त्रालयले जनाएको छ।राजधानीबाट

Logo