कतारमा ह्वात्तै घट्यो कोरोना संक्रमणदर, अब २ हजार ८०१ जना मात्र निको हुन बाँकी

कतारमा ह्वात्तै घट्यो कोरोना संक्रमणदर, अब २ हजार ८०१ जना मात्र निको हुन बाँकी


दोहा कतार ।

गत फेब्रुअरीको अन्तिम साता कतारमा पहिलो पटक कोरोना देखिएको थियो । पछिल्लो ८ महिनामा कतारले यसको चरम उत्कर्ष भोगेको छ भने अहिले कोरोनालाई परास्त गर्नमा सफल हुँदै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको सङ्क्रमण घट्दै गएको देखिएको छ ।

अब निको हुन २ हजार ८ सय १ जना मात्र बाँकी रहेका छन् । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना पोजेटिभ देखिएको छ जस मध्ये १८१ जना समुदायका नागरिक हुन् भने २३ जना कतार बाहिरबाट प्रवेश गरेका नयाँ व्यक्तिहरू हुन् । १८८ जनाले स्वास्थ्य लाभ गरेका छन् । ५१ वर्षीय थप एक नागरिकसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२४ रहेको छ, जस मध्ये १८ जना नेपाली नागरिक रहेका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८५ जनामा परीक्षण गरिएको हो । हालसम्म कतारमा ८ लाख ७७ हजार ३ सय ४२ जनालाई कोरोनाको परीक्षण गरिसकिएको छ सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ४ सय ३१ पुगेको छ भने १ लाख २६ हजार ४०६ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । सङ्क्रमित मध्ये ३ सय ८५ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेन्टिनमा राखिएको छ । थप ४ सहित ५१ जनालाई आइसियुमा राखी उपचार जारी राखिएको छ ।

Skip This
Logo