गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ बजारमा

गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ बजारमा


गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ सार्वजनिक गरिएको छ। क्युज सिनेमा हल काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा गायक श्रेष्ठ स्वयं नै फिचर्ड छन् ।

सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत सुन्न सकिन्छ भने, शब्दमा अर्जुन पासवानले सघाएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थिति रहेको थियो भने, विशिष्ट अतिथिको रुपमा काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको उपस्थिति थियो। यस्तै कार्यक्रममा संगीतकार तथा गायक जेम्स प्रधान, राहुल प्रधान, शिव परियार लगायतको पनि उपस्थिति रहेको थियो।

उद्देश्य गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे। ‘उदेशले आफैंले गाउनुका साथै संगीत गर्न सक्छन् र लेख्ने क्षमता पनि रहेछ। अब उनले संगीतमा आफूलाई निरन्तर लगाउनु पर्छ। उनलाई श्रोताले रुचाइसकेका छन्, त्यसैले निरन्तर गीतसंगीतमार्फत साक्षात्कार गर्नु पर्छ’ प्रधानले भने।

यस्तै कार्यक्रममा उदेशले गायक प्रेमध्वजका सफल गीतहरु लाइभ गाएर सुनाएका थिए। उनले लाइभ ब्याण्डसँग तारामात्र होइन तिमीलाई, घुम्तीमा न आउ है जस्ता गीत सुनाएका थिए। 

यो जुनीमा तिम्रो हुन सकिन, किन मायामा यति धेरै चोट हुन्छ, तिम्रो लागि आज म धेरै लगायतका गीतसंगीतमार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले यसै गीतमार्फत मोडलिङ सुरु गरेका हुन्। गीतमा उनलाई, माङ्गसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएका छन्। गीतमा छेवाङ्ग लामाको निर्देशन रहेको छ।

गीतको भिडियो

 

Logo