नेपालमा आज ४९६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा आज ४९६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ। आज ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ। 

आज १३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ। नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ।

Skip This
Logo