पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार बजेट ब्यवस्थापनमा जोड

पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार बजेट ब्यवस्थापनमा जोड


कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। 

पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए । उनले पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढी प्रभावित गरेकोले यसको पुनरुत्थनका लागि आफुले पहल गरेको जानकारी दिए । ‘अहिले अवस्था सजिलो पक्कै छैन, सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताका साथ अघि बढ्नु पर्ने अवस्था छ।’ उनले भने।

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए। उनले यो समयमा पूर्वाधार विकाससँगै मानव शंसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे। 

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिलेको परिस्थती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढि बढाउनु पर्ने अवस्था रहेको जानकारी दिए । उनले आउने बजेटमा पर्यटन पुनरुत्थान र प्रर्वधनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए। 

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता भएको बताए । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटनमैत्री नीति आवश्यक भएको बताए । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै  योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नु पर्ने बताए ।

बोर्डका सञ्चालक समिति सदस्य कल्पना धमलाले कोभिडको कारण सिर्जित समस्याको कारण बोर्डमा बजेट अभाव रहेकोले आउने वर्षका लागि सरकारले बोर्डलाई अनुदान वा ऋण सहयोग गर्न आग्रह गरे । यस्तै बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनु पर्ने उल्लेख गर्दै भिजा फ्रि को अवधारणा पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा पर्यटन होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणा, नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङ, प्यासिफिक ट्रावल एशोसिएसन पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे, बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा, पर्यटक यातायात व्यवसायी महासंघका अध्यक्ष रामहरी शर्मा, टानका महासचिव सरिता लामा, पर्यटन व्यवसायी मेघ आले, विजय झुनझुुनवाला, संर्घष विष्ट लगायतले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी नयाँ बजेटमा व्यवस्था हुनुपर्ने, कोभिडको कारण बन्द रहेको समयका करहरु मिनाहा हुनु पर्ने माग गरे। उनीहरुले पर्यटन व्यवसायलाई बचाउन र चलायमान बनाउन राज्यले सहयोग नगरे व्यवसायीहरु पलायन हुने स्थिती आउने बताए। 

Logo