गायक सुमित खड्काको ‘दशैं तिहार’ गीत बजारमा (भिडियो)

गायक सुमित खड्काको ‘दशैं तिहार’ गीत बजारमा (भिडियो)


काठमाडौं ।

गायक सुमित खड्काले नेपालीहरूको महान् पर्व बिजया दशमी र तिहारलाई लक्षित गरी ‘दशैं तिहार’ गीत सार्वजनिक गरेका छन् । खड्काको ‘दशैं तिहार’ नामको गीत सार्वजनिक भएको हो।

गायक खड्काले हरेकजसो चाडपर्वमा गीतहरु सार्वजनिक गर्ने गरेका छन् । यसैको निरन्तरताका लागि यस पटक दशैंमा पनि गीत ल्याइएको उनले बताए ।

केही समय पहिले पनि उनको ‘आयो दशैं’ गीत बजारमा आइसकेको छ । कोरोना महामारीका वीच यस वर्ष मात्र उनले दशैं तिहारकै २ वटा गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो पटक बजारमा आएको देशैं तिहार गीतको संगीत र स्वर खड्का आफैंको रहेको छ । यसमा दीप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा आयुष घले मगर, नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा, रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल, सपना घले मगर लगायतले अभिनय गरेका छन् । म्यूजिक भिडियो आयुष घलेले सम्पादन र निर्देशन गरेका हुन् । भिडियो :

 

Logo