इन्जेक्सन लगाएर ‘ग्याङ् रेप’, किशोरीको काठमाडौँमा उपचार हुँदै

कैलालीको घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ। उनीहरुले बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ।

घटनाको विषयमा शनिबार जाहेरी परेपछि ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना फरार रहेका प्रहरीको भनाई छ। आफन्तको विवाहमा जाने क्रममा किशोरीमाथि घोडाघोडी जङ्गलमा बलात्कार भएको हो।

किशोरीको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।