म्यानचेस्टर सिटी सेमिफाइनलमा

म्यानचेस्टर सिटी सेमिफाइनलमा


जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

अब सिटीले सेमिफाइलनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । 

Logo